झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडीबाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बुद्वशान्ति गाउँपालिका वडा नम्बर २ का ४२ बर्षिय दिपकप्रसाद प्रसाई रेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले बुधवार भारतबाट नेपालतर्फ आउँदैं गरेको मे.५.प. ५७०९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो । 

प्रसाईलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर ४ ग्राम ५०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

प्रसाईको साथबाट ब्राउन सुगर फेला परेपछि मोटरसाइकलसहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।