बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य र वाइसिएल बिर्तामोड नगर संयोजकले पार्टी परित्याग गरेका छन् ।  पार्टीका कोशी प्रदेश कमिटी सदस्य बासु दुलाल र वाइसिएल बिर्तामोड नगर संयोजक सुदिप खवासले एक बिज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनीहरुले मंगलबार संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।                                                                                                                                                                                                                                                    बिगत लामो समयदेखि कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनमा सम्लग्न भएर माओवादी धारा खास गरि नेकपा माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहि  इमान्दारी पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका उनीहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

उनीहरुले जारी गरिएको बिज्ञप्तीमा भनिएको ‘पार्टी भित्रको अराजकता बिसंगति र अराजनैतिक गतिविधि, (खासगरी  माक्सबाद बिरोधी गतिविधि ) भद्रगोल पार्टी संगठन, तथा नेतृत्वको जीवन शैली लगायत विषयले माओवादी केन्द्रभित्र घर गरेको कुरा घाम जस्तै छर्लङछ ।’  पार्टीको समाजवादसम्म पुग्ने स्पष्ट र  बैज्ञानिक दृष्टिकोण, नीति तथा कार्यक्रम नभएको र सत्ता केन्द्रित राजनीतिले कार्यकर्ता र जनतामा चरम निराशा  उत्पन्न  भएको उनीहरुले बिज्ञप्तीमा उल्लेख गरेका छन् । 

‘पार्टी अराजनीतिकबाट अछुतो रहन सकेनौंं, पार्टी र नेतृत्वको शुद्धिकरण र समाजवादी कार्यक्रमसहित  गैर–कम्युनिस्ट (पुजिबादी)  राजनैतिक दल  बाहेकका  क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको  बिचमा तत्काल एकता कायम गरि समाजवादी कम्युनिष्ट केन्द्र  निर्माण गर्न जनस्तरबाट  दवाद दिने  पबित्र उद्देश्य राखी  आजैका मितिबाट हामीले  नेकपा (माओबादी केन्द्र) बाट  राजिनामा गरि स्वतन्त्र नागरिकका रुपमा रहि नेपाली कम्युनिष्ट आन्दोलनलाई सहि दिशा दिन आफ्नो सामाथ्र्य लगाउने  निर्णय गरका छौ ।’

बिज्ञप्तीमा उनीहरुले भनेका छन् ‘आशा एवं बिश्वास छ जनताको आशा अपेक्षा अनुसार समाजवादी क्रान्तिको नेतृत्व गर्न क्रान्तिकारी बाम शक्तिहरु बिच एकताको पहल हुनेछ । आजसम्मको सहकार्य र बिश्वासको निम्ति नेतृत्वप्रति आभारी छौ । जनतासँग निरन्तर दुःख र सुखमा जोडिने बाचा गर्दै समाजवादी क्रान्तिको निम्ति जीवनपर्यन्त  लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछौं ।’