बिर्तामोड । 

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर स्थापना भएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले प्रथम बार्षिकोत्सव मनाएको छ । झापा बिर्तामोड–१ स्थित हनुमान नगरमा सञ्चालित हस्पिटलले बुधवार (आज) हस्पिटलमा एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो । 

हस्पिटलकी लीला मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सा संघ झापाका पूर्व अध्यक्ष डा. पिताम्बर ठाकुरको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत हस्पिटलकी कार्यकारी प्रमुख तथा डा. सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रममा डा. रुपक आचार्यले हस्पिटलका सेवा सुबिधा तथा एक बर्षको अवधिमा गरेका कार्य विबरण प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि डा। ठाकुर, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अन्तर पार्टी महिला अध्यक्ष सरु न्यौपाने, जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष शान्ता रोक्का, शारदा रिजाललगायतले आ–आफ्नो भनाई रखेका थिए । 

कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष कुमार भट्टराई, रेडक्रस सोसाइटी बिर्तामोड उपशमखाका अध्यक्ष मनोज अग्रवाल, बीरता लेडी जेसीज अध्यक्ष संगीता गिरीलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नैनाकला भट्टराईले गरेकी थिइन् ।