झापा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) ले इलाम क्षेत्र नम्बर २ मा हुने उप–निर्वाचनको लागि महेन्द्र थापालाई अघि सार्ने भएको छ । संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनपछि उक्त क्षेत्रमा उप–निर्वाचनको लागि एमालेबाट झलनाथ खनाल र कांग्रेसबाट डम्बर खड्काको नाम चर्चामा आएसँगै रास्वपाबाट आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाको नाम चर्चामा आएको छ ।
नेकपा एमालेले स्व.सुवास नेम्वाङका छोरा सुवाङ्ग नेम्वाङलाई बावुको स्थानमा उम्मेद्वारी दिन सक्ने हल्ला चलिरहेको बेला नेकपा समाजबादीले कोशी प्रदेश सरकार गठनमा एमालेलाई सहयोग गर्ने र पार्टी एकताको विषयलाई सहज बनाउन पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई उम्मेद्वार बनाउने संभावना बलियो रहेको एमाले स्रोतले बताएको छ ।
गत निर्वाचनमा स्वर्गीय नेम्वाङसँग झिनो मतले पराजित खड्का पनि ससक्त उम्मेद्वारको रुपमा देखिएका छन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्तिले रास्वपालाई नजिकबाट हेरीरहेको बेला बौदिक ब्यक्तित्व समाजसेवी, आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाको नाम चर्चामा आएको छ । पछिल्लो समय रास्वपाको बढ्दो लोक प्रियताको कारण इलाम २ मा त्रिपक्ष भिडन्त हुने सम्भावना देखिन्छ ।