झापा । 

झापाबाट सवारी चोरी मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले

मेचीनगर नगरपालिका वडा नम्बर १० का फरार प्रतिबादी २१ बर्षिय नजरुल महमद मियाँलाई पक्राउ गरिएको हो । झापा जिल्ला अदालतको मिति २०७९/०९/१२  गतेको फैसला अनुसार सवारी चोरी मुद्दामा फरार रहेका प्रतिवादी महमदलाई प्रहरीले आइतवार पक्राउ गरी सोमवार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको छ ।

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रतिवदी महमदलाई २ महिना कैद, २ हजार जरिवाना र पिडित राहत कोषमा २ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको छ ।