झापा।
सुरुङ्गा जेसीजको जेसीज सप्ताह अन्तर्गत शुरु भएको कनकाई नगर खुल्ला मावि स्तरिय वक्तृत्व कला प्रतियोगिता गर्दै सम्पन्न भएको छ । गत भाद्र २२ गते शुक्रबारबाट भएको सुरुङ्गा जेसीज सप्ताह आइतबार सम्पन्न भएको संयोजक जेसी रोहित कोईरालाले जानकारी दिए । स्थापना कालदेखि नै समाज रुपान्तरणमा उत्तरदायी भूमिका खेल्दै आएको सुरुङ्गा जेसीजले यस पटक भने केही फरक गरि जेसीज सप्ताह मनाएको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
विगत वर्षभन्दा यस वर्ष विशेष गरेर बालबालिकालाई आजको समाजको आवश्यकता अनुसार समाज रुपान्तरण कसरी गर्न सकीन्छ ? अनि उनीहरुलाई कसरी असल शिक्षा दिन सकीन्छ ? यसको लागि आम अभिभावक र शिक्षकको भुमिका कस्तो रहनु पर्छ ? जस्ता धेरै महत्त्वपूर्ण विषयलाई समेट्दै जेसीज सप्ताह कार्यक्रम गरेको सुरुङ्गा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी प्रविन तिम्सिनाले जानकारी दिए।
‘सबैका लागि जेसीज, सधैंका लागि जेसीज’ मुल नारा लिएर जेसीजले निश्चित वर्गको लागि मात्रैकाम गर्छ भन्ने भ्रमलाई चिर्दै यस वर्ष सुरुङ्गा जेसीजले स्थापना कालदेखि गर्दै गरेका कार्यक्रम भन्दा फरक किसीमका कार्यक्रम गरेको अध्यक्ष तिम्सिनाको भनाई छ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
सप्ताह कार्यक्रमहरुमा यस बर्ष सुरुङ्गा जेसीजले जेसीज सँगसँगै प्यारागन एकाडेमी साथै जेसीज संगसगै ग्लोबल एडुकेयर नारा उद्घोष गर्दै प्यारागन एकाडेमीका र ग्लोबल एडुकेयरका अभिभावकहरूलाई लक्षित गरी छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जेसीजकी राष्ट्रिय प्रशिक्षक सपना प्रसाईं ओडारी द्वारा अभिमुखीकरण तालिम प्रदान, नारिहरुको महान पर्व हरितालीका (तीज) को अवसरमा सुरुङ्गामा तिज विशेष कार्यक्रम,१ सय ७ जना शिक्षकलाई तालिम गर्दै आज वक्तृत्व कला कार्यक्रम गर्दै सप्ताह सप्पन्न गरिएको सप्ताह संयोजक कोइरालाले वताए।
समापन कार्यक्रममा नगरभरिका १३ वटा निजी माध्यमिक बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो। प्रतियोगितामा प्यारागन एकाडेमी कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या खतिवडा प्रथम, हरिकुल अंग्रेजी बिद्यालय कक्षा १० मा अध्ययनरत बिद्यार्थी नुमा शेर्मा द्वितीय र पशुपति अंग्रेजी विद्यालय कक्षा ९ मा अध्ययनरत बिद्यार्थी प्राप्ती गौतम तृतीय भएका थिए । प्रतियोगितामा निर्णायकको जिम्मेवारी सुर्य अधिकारी र बालकृष्ण सीटौलाले सम्हालेका थिए ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई कनकाई चेम्बर अफ कमर्सका अध्यक्ष मिनाल तिम्सिनाले स्पोन्सर गरेका थिए। विजेता प्रथम द्वितीय तृतीयलाई क्रमशः नगद ५ हजार , ३ हजार र २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
सुरुङ्गा जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी प्रविन तिम्सिनाको सभापतित्वमा आयोजित समापन कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत खरेलले बालबालिका लक्ष्यित यस्ता कार्यक्रमले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कनकाई सामुदायिक वनकी सचिव मान्ता खरेल, रोटरी क्लब सुरुङ्गाका अध्यक्ष शिव कडेल, जेसीजका पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल , यदुका उप्रेती लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
वक्तृत्व कला तथा समापन कार्यक्रममा संयोजक प्रतापबाबु जम्मरकट्टेलले औचित्य माथि प्रकाश पारेका थिए भने सहभागी सबैलाई स्वागत जेसीज सप्ताह कार्यक्रम संयोजक कोइरालाले गरेका थिए। कार्यक्रमको संचालन सुरुङ्गा जेसीज बर्ष २०२३ का महासचिव जेसी दिपेन्द्र प्रधानले गरेका थिए ।