झापा ।

लोकप्रिय सर्जक सुन्दर हमालको शब्द तथा रचना रहेको नेपाली मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’ सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्कीको स्वर रहेको गीतमा राजन कार्कीले संगीत दिएका छन् । 

नेपाली पनको आभाष दिने किसिमले  निमार्ण गरिएको गीत सार्वजनिक भएसगैँ सामाजिक सञ्जालमा चर्चा बटुलि रहेको छ । 

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गर्न खोजिएको छ । सन्जय राईको छायाँकन, अमृत चापागाईँको सम्पादन र मनोहर भण्डारीको निर्देशनमा तयार भएको म्युजिक भिडियो दर्शक माझ लोकप्रिय बन्नेमा दुईमत नरहेको सुन्टर हमालको भनाई रहेका छ । 

मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय रहेको छ । सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर, सईले, आउन मायालु, उखुम, दशैं गोजीमा हाले गीत चर्चामा रहेका थिए ।

git