काठमाडौं ।

 सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रवार (आज) दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १७ जना रहेका र उनीहरुलाई अहिले सिंहदरबार वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।