झापा ।

 सहिन प्रजापतिको लेखन तथा निर्देशनमा आउँदै गरेको टेलिसिरियल सीताको ट्रेलर सार्वजनिक भएको छ । आरटी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक ट्रेलरमा गरिबीको पीडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरुलाई मुख्य रुपमा उठान गरिएको छ ।

सीता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सीताको भूमिकामा सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छिन् । त्यस्तै, लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ ।

त्यस्तै, बालकृष्ण ओलीले सीताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । उनी मेचीनगर निवासी हुन् । हाल काठमाडौंमा बसेर कुशल अभियन गर्दै आएका ओलीलाई थुप्रै टेलिसिरयल तथा गीतमा देख्न सकिन्छ ।

सीता ट्रेलरमा राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भूमिका देख्न सकिन्छ । यही असोज ८ गते राती ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने टेलिसिरियलले दर्शक स्रोताहरुको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ ।

८ बजे हिमालय टेलिभिजनबाट प्रशारण भएपछि ८ः३० मा आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिनेछ । प्रत्येक मंगलबार ८ बजे हिमालय टेलिभिजन र आरटी इन्टरटेन्मेन्टमा सीता सिरियल हेर्न सकिनेछ ।