चन्द्रगढी । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ देउनियास्थित स्कुल डाँडाका मणि कुमार दर्जीको स्वास्थ्य उपचारमा आर्थिक समस्या भएको छ । 

प्रेसरको कारणले ब्रैन हेमरेज भएपछि गत माघमा टाउकाको नसाको अप्रेसन ओम साइ पाथिभरा हस्पिटलमा भएको र हाल नियमित औषधी सेवन गर्न आर्थिक समस्या परेको मणिकुमार दर्जीकी श्रीमति मनु बिश्वकर्मा दर्जीले बताइन् ।

 ओम साई पाथिभरा हस्पिटलमा उपचारको क्रममा नौ लाख रुपैयाँ लागेको उनले जानकारी दिइन् । ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्दै आएकी मनुको परिवारमा बृद्ध ससुरा बुवा, एक छोरा र एक छोरी रहेका छन् । 

manikumar

उपचारको क्रममा लागेको नौ लाख रुपैयाँ ऋण तिरी नसकेको अवस्थामा अहिले मासिक रुपमा औषधी सेवनका लागि २० हजार रुपैयाँ जुटाउन नसक्दा बिरामीको स्वास्थ्य झन कमजोर बन्दै गएको छ । 

यस्तो जटिल परिस्थितिमा मणि कुमारको स्वास्थ्य उपचारमा सबैको सहयोग आवश्यक रहेको स्थानिय सामाजिक अगुवा गणेश नेपालले बताए । ब्रैन हेमरेजका कारणले  टाउकाको नसाको अप्रेसनपछि सहज रुपमा हिडडुल गर्न नसक्ने अवस्थाका मणि कुमारको स्वास्थ्य उपचारमा सहयोग गर्न परिवारजनले आग्रह गरेको छ ।