हल्दिबारी । 

हल्दिबारी गाउँपालिकाले सञ्चार सामाग्री प्रकाशन तथा प्रसारण जस्ता कार्यहरु सम्झौता तथा लिखित अनुमति बिना गरेर मात्र गर्न आग्रह गरेको छ । 

विगत वर्षहरुमा विभिन्न सञ्चार माध्यमहरुबाट शुभकामना सन्देश, सूचना लगायतका सामाग्रीहरु गाउँपालिकाको स्वीकृति बिना प्रकाशन प्रशारण गरी गाउँपालिकासँग बिल भरपाई पेश गर्ने गरेको पाइएकोले लिखित अनुमति प्राप्त गरेर मात्र प्रकाशन गर्न आग्रह गर्दै पालिकाले जानकारीका लागि सूचना जारी हो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा मंगलबार (आज) जारी सूचनामा भनिएको छ ‘आर्थिक वर्षको अन्त्यमा रकम अभावका कारण सोको भुक्तानी दिन नसक्दा असहज परिस्थिति सृजना भएको सन्दर्भमा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

सूचनालाई दृष्टिगत गरेर सञ्चार माध्ययममा सञ्चार सामाग्री प्रकाशन तथा प्रसारण जस्ता कार्यहरु सम्झौता वा लिखित अनुमति लिएर मात्र गर्न आग्रह गर्दै लिखित अनुमति वा सम्झौता विना सामग्री प्रकाशन तथा प्रशारण गरेमा गाउँपालिकाको कार्यालय सो को बिल भुक्तानी दिन वाध्य नहुने प्रमुख प्रशासकीय अधिकृत बनद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।