हल्दिबारी ।
नेपाल रेडक्रस सोसाइटी जलथल उप–शाखाको तत्कालीन समितिले हिनामिना गरेको रकम फिर्ता ल्याउन नयाँ कार्य समिति सफल भएको छ। उप–शाखाको बैंक खाताबाट पटक–पटक चेक काटेर संस्थाका तत्कालीन पदाधिकारीहरू अध्यक्ष बिष्णु उप्रेती र कोषाध्यक्ष सुरेन्द्र बाह्रकोटीले उक्त रकम हिनामिना गरेका थिए । संस्थाको खाता उप्रेती र बाह्रकोटीको संयुक्त हस्ताक्षरमा सञ्चालित थियो ।
नयाँ समिति बनेपछि तत्कालीन समितिले बुझ बुझारत गर्न÷गराउन नआएपछि नयाँ समिति बनेको करिब ४ महिनापछि नयाँ समितिले चेकजाँच गर्दा ठुलो रकम हिनामिना भएको पत्ता लागेको थियो ।
त्यसपछि उक्त घटना बाहिरिएसँगै तत्कालीन अध्यक्ष बिष्णु उप्रेती फरार भएका थिए । जिल्ला प्रशासन कार्यालय झापाले भने यो बिषयलाई खासै चासो नदिएर बेवास्ता गर्न खोजेपछि यो बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी र जिल्ला प्रहरी कार्यालय भद्रपुर झापामा जाहेरि दिएको थियो।
उक्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उप्रेतीलाई पक्राउ गरि अनुसन्धान गर्दा तत्कालीन कोषाध्यक्ष र उप्रेतीले गल्ती स्वीकार गरेका थिए। वयानका क्रममा उनले बाह्रकोटीको सहयोग र मिलेमतोमा उक्त रकम चलाएको र चेक आफैले साटेर बाह्रकोटीलाई उनको पसलमा लगेर ६ लाख नगद दिएको बताए ।
त्यसपछि बाह्रकोटीले उक्त ६ लाख नगद संस्थाको बैक खातामा जम्मा गरिदिए र उप्रेती तर्फको भने सो रकम बराबरको जग्गा रुद्र उप्रेतीको घर पश्चिम कालो पत्रे रोडको करिव ३०० फिटको दुरिमा ०–१–५ धुर जग्गा ६ लाख कठ्ठाले ७ लाख ५० हजार रुपैयाँ बराबरको जग्गा १८ महिनापछि पास गरेर लिई रकम उठ्न सफल भएको संस्थाका अध्यक्ष रेम खरेलले जानकारी दिए।