बिर्तामोड । 

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका तारा दुलालले दर्शक माझ नयाँ तीज गीत लिएर आएकी छिन् ।  नेपाली मौलिक संस्कार तथा संस्कृति झल्काउने गायिका दुलालको नयाँ तीज गीत एक हप्ताअघि सार्वजनिक गरिएको थियो । 

इन्द्रेणी महिला समाज झापाको प्रस्तुति रहेको गायिका दुलालले स्वर दिएकी ‘तीजैको रहर बरिलै’ बोलको नयाँ म्युजिक भिडियो गायिका तारा दुलाल युट्व च्यानलमार्फत सार्वजनिक भएको थियो । 

tara dulal 1

संगीतकार तोरेम्पा हाङले संगीत दिएको उक्त गीतमा कलाकार यामु दहाल र पुजा अधिकारीले अभियन गरेका छन् । गीतको क्यामेरा म्यानमा  तीलक रिजाल र नृत्य निर्देशक सौरभ तामाङ रहेका छन् ।

यो समाचार तयार पार्दासम्ममा गायिका दुलालको युट्व च्यानलमा ४ हजार ३ सय बढीले उक्त गीतको म्युजिक भिडियो हेरिसकेका छन् । उनको नयाँ तीज गीत म्युजिक भिडियोले दर्शकको मन जित्नेमा दुइमत छैन ।