मोरङ ।

मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ बर्षीया भेडियनदेवी माझी रहेकी छन् । आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जलेर घाईते भएकी उनलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । 

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाएका छ ।  थप अनुसन्धान गरीरहेको उक्त कार्यालयले जनाएको छ ।