चन्द्रगढी । 

झापाको भद्रपुर १०देउनियास्थित सेन्ट कुजुर एकाडेमी माध्यमिक बिद्यालयमा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा तीनसय वढीले सेवा लिएका छन् । 

सेन्ट कुजुर एकाडेमीको बाल क्लब र युवा रेडक्रस सर्कलको संयुक्तआयोजनामा सम्पन्न कार्यक्रममा  बिद्यालयका बिद्यार्थी, अभिभावक र स्थानियबासीको  भिडियो एक्स्रेसहित निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधि बितरण गरिएको थियो । 

ओम साइ पाथिभरा हस्पिटलको प्राबिधिक सहयोगमा बाल रोग, स्त्री रोग, दन्त रोगका साथै फिजिसियन सेवा प्रदान गरिएको सो शिविरमा बिद्यार्थी अभिभावक सहित भद्रपुर वडा न ९ र १० का साथै बिर्तामोड वडा न ७ र ८ का तीन सयभन्दा बढीले स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य शिविरका कार्यक्रम संयोजक राजु बरालले जानकारी  दिएका छन् । 

बिद्यालयका ४० प्रतिशत बिद्यार्थी सन्थाल समुदाय र बिपन्न मजदुर वर्गका अभिभावक रहेको हुँदा स्थानिय क्षेत्रमा नै स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समेत उनले बताए । 

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरेल, भद्रपुर नगर उप प्रमुख राधा कार्की, भद्रपुर वडा नं.१० का वडा सदस्य दुर्गा दाहाल, स्वास्थ्य शिविरका समन्वयकर्ता शिवकुमार राजभन्डारी, राजनीतिक ब्यक्तित्व असारु राजबंशी,  चन्द्रगढ टोल बिकास संस्था अध्यक्ष गणेश नेपाल, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका केशव खतिवडा लगायतले आ–आफ्नो भनाई राखेका थिए । 

सेन्ट कुजुर एकाडेमी बाल क्लवका अध्यक्ष सेबिका भेटवालको अध्यक्षता र युवा रेडक्रस सर्कलका समिक्षा किस्कुले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन  शिक्षक तथा कार्यक्रम संयोजक राजु बरालले गरेका थिए ।