सुरुङ्गा । 

नेपाल महिला संघ कनकाईको आयोजनामा तीजमिलन कार्यक्रम सम्पन्न भएको छ । कनकाई–३ स्थित सुरुङ्गामा शनिबार नेपाल महिला संघ कनकाई नगर  सभापति रेनुका मैनालीको सभापतित्व एवं नेपाली काङ्ग्रेस कोशी प्रदेश सदस्य लक्की गणेशको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 प्रमुख अतिथि गणेशले पछिल्लो समय चाडपर्वहरु मनाउँदा विदेशी संस्कृति तथा भेषभूषा भित्रिएको भन्दै जतिसक्दो आफ्नै मुलुकमा उत्पादन भएका भेषभूषाको प्रयोग गर्नुका आफ्नै पहिचान झल्कने कला र संस्कृति बचाई राख्न पनि यस्तो कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । 

कार्यक्रममा परम्परागत गीत एवं  सन्थाल नृत्य संगीनीका साथै तीज गीत  प्रस्तुत गरिएको थियो। आफ्नो रीतिरिवाज, कला  संस्कृति र परम्परालाई बचाइराख्न कार्यक्रमको आयोजना गरिएको नगर  सभापति  मैनालीले बताइन् । 

तीज भन्ने बित्तिकै आजकल प्रायजसो नाचगान गरी रमाइलो गर्ने भन्ने मात्रै बुझिन्छ । तर, तीज चेली–माइतिको सम्बन्धलाई अझ प्रगाढ बनाएर चेलीले आफ्नो बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले समितिले जानकारी गराएको थियो । 

विभिन्न कला तथा सस्कृती झल्कने संगिनि, मारुनी, सन्थाल तिज गीत लगायत दर्जनौ गायन तथा नृत्य प्रस्तुत गरिएको थियो।वर्षमा एक दिन मात्रै भए पनि माइतिको सम्झना आमाले पकाएको दरको याद आफ्नो जीवन साथी भने जस्तै पाए पनि माइती घरमा नभएका कारण दुःख पाएको कुरालाई भुल्नकै लागि भए पनि कार्यक्रमको आयोजना गरिएको  जनाएको छ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि धनमाया चिमरीया, कविता बस्नेत, सीता थेबे, सामुदायिक वन उपभोक्ता महार्सघ कनकाई  प्रतिनिधि मान्ता खरेल, नगर सभापति दुर्गाप्रसाद प्रसाईं,  नेपाल भारत मैत्री संघ अध्यक्ष अर्जुन बोहोरा, काग्रेस नेता रुद्रप्रसाद चिमरीया लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 कार्यक्रममा जिल्ला सभापति देउकुमार थेवे, काग्रेस नेता लिला चिमरीया, सन्तोष रायमाझी, रेणु प्रसाद कणेल,कनकाई विहानी क्लबका अध्यक्ष मनोज बस्नेत सहजीकरण महिला समुहकी सचिव निर्मला बस्नेत महिला नेतृ वसुन्धरा थपलिया, जागरण एकल महिला समूहकि अध्यक्ष सकुन्तुला खत्रीलगायतको उपस्थिति रहेको थियो।

नेपाल महिला संघ कनकाई नगर उपसभापति कविता श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा नं.४ पार्टी उपसभापति गिता खरेलले गरेकी थिइन् । कार्यक्रममा सामुहिक दर पनि खुवाईएको थियो ।