बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा रहेको सप्तक संगितालयले बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।  विद्यार्थीहरु बिच प्रतियोगिता गरिएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् ।  प्रतियोगितामा रितिका गौतम, सपना भट्टराई, लक्ष्य सोनि, लोजिफुङ लिम्बू, अब्नि सिग्देल, नबिनता कोइराला, नित्यन्स अग्रवाललाई पुरस्कृत गरिएको खतिवडाले बताइन ।  

गायन प्रशिक्षक अर्पण सापकोटाको अध्यक्षता भएको कार्यक्रममा न्यूटन्स बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो ।  सिमृका बोहोरा, काब्या सोनि, अनवेशा थापाले संयुक्त रूपमा कार्यक्रमको सञ्चालन गरेका थिए  ।

संगितालयका संरक्षक कुशल पौडेलले स्वागत तथा कार्यक्रमका बारेमा प्रकाश पारेको कार्यक्रममा आयुस घिमिरे, उत्सव बुढाथोकी, इतुशा लिम्बुको उपस्थिति रहेको थियो । बालबालिकालाई नृत्य, गायन, उद्घोषण, आर्ट लगायतका प्रशिक्षण प्रदान गर्दै आएको बताईएको छ । 

शनिबारको दिन बालबालिकाको समय खेर जानबाट बचाउन स्याट्डे क्लासको रुपमा संगितालयले प्रशिक्षण प्रदान गर्दै आएको छ भने प्रत्येक दिन गायन र बाध्यबादनको कक्षा सञ्चालन गर्दै आएको संरक्षक पौडेलले जानकारी दिए ।