मोरङ।

मोरङको बुढिगंगा गाउँपालिका–६ तिलाठीमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ ।

शुक्रबार बिजुलिको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।