बिर्तामोड ।
अध्ययनसँगै समाजमा रचनात्मक अतिरिक्त कृयाकलाप गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्ट परिवारले ‘तीज विशेष तथा बाल दिवसको अवसरमा सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्यमा लगानी गरेको छ।
स्कुलका महिला कर्मचारी र बिद्यार्थीहरुले झापा कनकाई मार्इ धामस्थित कृष्ण प्रणामी मन्दिरमा आस्रित १० जना माताहरुलाई र कनकाई–४ मा रहेको पुकार अपाङ अशक्त सरोकार समाज रहेका आपङता भएका बाल बालिकालाई समेत कपडा (तन्ना ,सिरानी का खोल) झुल, फलफूल तथा जुस वितरण गरेर तीज तथा बाल दिवस मनाएका छन्।
उनीहरुलाई १३ हजार रुपैयाँ मूल्य बराबरको उक्त सामाग्री स्कुलका विद्यार्थीले हस्तान्तरण गरेका हुन् । आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम सन्चालन गरिने स्कुलकि अनुसा ढकाल खरेल बताइन् ।