झापा ।  

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ को सन्चो अस्पतालका ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छ्न् । डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन्। 

डेंगु संक्रमणको कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा १२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहित केही युवाले बुधबार दुईजना डाक्टरमाथि अस्पतालभित्रै छिरेर कुटपिट गरेका थिए । 

आफूहरूमाथि असुरक्षा बढेको भन्दै आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएको हेटौंडा अस्पताल सञ्चालक समितिले जनाएको छ ।  डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरा रोहित, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरिएको बताइएको छ ।