ताप्लेजुङ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ बिब्लाटे स्थितमा चट्याङले लागेर एकजना बालकको मृत्यु भएको छ ।
बुधवार अपरान्ह ४ बजे स्थानिय ग्याबु शेर्पाको १६ बर्षीय छोरा फुर्वा शेर्पालाई चौरी गोठाला गई गोठमा फर्किने क्रममा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटना स्थलमै मृत्यु भएको हो ।
थप अनुसन्धान तथा लाशको कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय दोभानको प्रहरीले टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।