हल्दिबारी । 

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) हल्दिबारी गाउँपालिका वडा नम्बर २ को अधिवेशनले पुनः कुमार भण्डारीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति चयन गरेको छ । 

अध्यक्ष कुमार भण्डारीको अध्यक्षतामा बुधवार भएको अधिवेशनमा पार्टीका क्षेत्रिय सचिव खिवराज भट्टराईको प्रमुख आतिथ्य रहेको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले जानकारी दिए । 

अधिवेशनले उपाध्यक्षमा शारदा कन्दङ्गवा, सचिबमा उत्तम राई, कोषाध्यक्षमा भोला ढुङ्गेल सह–सचिबमा रत्न राईलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा प्रकाश फागो,  सुमित्रा राजवंशी, अम्बिका सुन्दास, केशब दंगाल, भिम आचार्य, निर्मला राई, दुर्गा राई, मनिषा राजवंशी, जोगेश्वर राजवंशी, भगिरथ राजवंशी, गोबिन्द राई र हरि थापा चयन भएका छन् । 

अधिवेशनमा क्षेत्रीय सदस्य तथा हल्दिबारी गाउँपालिका अध्यक्ष लगायत राप्रपा नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।