बिर्तामोड ।
‘जनजनमा माओवादी घरघरमा माओवादी’ भन्ने नाराका साथ ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ का क्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ को शुुभलक्ष्मी टोल कमिटीले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरणलाई ब्यवस्थित गर्ने भएको छ ।
टोल अध्यक्ष कुमार ठटालको अध्यक्षतामा भएको बैठकले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरणलाई ब्यवस्थित गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रको केन्द्रिय सर्कुलर अनुसार शुरु भएको अभियान अन्तरगत पार्टीले वडा÷वडा टोल कमिटी गठन गरेर अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानले बिबिध कार्यक्रम गर्दै आएको र अभियान अन्तरगत बिर्तामोड–३ ले बिबिध कार्यक्रम गर्दै आएको छ ।
कल्पना कार्की (भुमिका) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष छाया सिग्देल, ३ नम्बर इन्चार्ज जगन्नाथ भट्टराई, ३ न.वडा सचिब सुशिला पाण्डे, सह–सचिब सुवास महत्तो, नगर सदस्य गोबिन्द राजवंशी, रिता संग्रौलालगायतको उपस्थिति इन्चार्ज भट्टराईले जानकारी दिए ।