सुनसरी।
सुनसरीको भोक्रहा नर्सिङ गाउँपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ सराज मन्सुरीको १० बर्षीया छोरी गुलासा खातुनलाई टर्चलाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
घटनाबारे जानकारी पारेपछि घटनास्थलमा खटिएको प्रहरी चौकी भोक्रहा नर्सिङको प्रहरी टोलीले घाईते उनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।