झापा ।
झापाको बिर्तामोडबाट लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका १ कंचनजंघा टोल स्थित बिमला होटल एण्ड लज सञ्चालन गरि बस्ने होटल संचालिका ४० बर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका ७ को २९ बर्षीय रुजन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।
लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको सुचना प्राप्त भई ईलाका प्रहरी कार्यालय अनामनी झापाको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका दवै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।