मोरङ।

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का ३८ बर्षीय धनबहादुर थापा र सप्तरीका १९ बर्षीय शिवम गुप्ता रहेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी  कार्यालय पथरीबाट सोमवार (आज) दिउँसो खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी स्पाज्मिड ४२० पत्ता, ट्रमाडोल ४२९ पत्ता सहित थापालाई पथरी शनिश्चरे नगरपालिका–४ शिरिसे डाँडाबाट पक्राउ गरेको हो । 

 त्यसैगरी  लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ बाट आज दिउँसो २ ग्राम ८ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सप्तरीका गुप्तालाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।