सुनसरी ।
सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । हिजो राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ बर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाईते भएर उपचारको लागि जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउना साथ डाक्टरले मृत घोषित गरेका थिए ।
त्यसैगरी सुनसरीको ईटहरी उप–महानगरपालिका–४ मनकामना चोकमा रहेको जेष्ठ नागरीकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ बर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ