बिर्तामोड ।
गायिका तारा दुलालको स्वरमा सजिएको हरि तालिका ‘तीज’ को अवसरमा तीज गीत सार्वजनिक हुने भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा गायिका दुलालको स्वरमा रहेको ‘तीजैको रहर बरिलै’ बोलको नयाँ म्युजिक भिडियो युट्व च्यानल मार्फत सोमबार (आज) सार्वजनिक हुने भएको हो ।

इन्द्रेणी महिला समाज झापाको प्रस्तुति तथा संगीतकार तोरेम्पा हाङको संगीत साथै इन्द्रेणी महिला समाजकी सदस्यसमेत रहेकी गायिका दुलालको स्वरमा रहेको म्युजिक भिडियो छायांकन सम्पन्न भएको इन्द्रेणी महिला समाजले जनाएको छ ।
इन्द्रेणी महिला समाजकी अध्यक्ष इन्दु केट्टेल, पदाधिकारी, सदस्य र श्यामलाल अधिकारी, गोपी अधिकारी, पूर्ण मैनाली, युवराज प्रसाईं, नारदमणि खनाललगायतसहित ब्यवस्थापनमा सहयोग गर्ने सम्पूर्णलाई गायिका दुलालले धन्यवाद दिएकी छिन् ।
गायिका दुलालको उक्त गीतमा कलाकार यामु दहाल र पुजा अधिकारी अभियन गरेका छन् भने गीतको क्यामेरा म्यानमा तीलक रिजाल र नृत्य निर्देशक सौरभ तामाङ रहेका छन् ।
उक्त गीत सोमवार(आज) साँझ ५ बजे गायिका तारा दुलाल युट्व च्यानलमार्फत सार्वजनिक हुने जनाइएको छ । गायिका दुलाल शब्दपत्र प्रकाशन प्रालिद्धारा सञ्चालित ‘शब्दपत्र डटकम अनलाइन पोर्टलकी सञ्चालकसमेत हुन् ।