बिर्तामोड ।
‘जन–जनमा माओवादी घरघरमा माओबादी’ भन्ने नाराका साथ ‘जनता सँग माओवादी बिशेष रुपान्तरण’ अभियानका क्रममा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा १३ सदस्यीय प्रगतिनगर टोल कमिटी निर्माण भएको छ ।
कल्पना कार्की (भुमिका) को प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धनमाया तामाङको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरेको बिर्तामोड ३ का वडा इन्चार्ज जगन्नाथ भट्टराईले जानकारी दिए ।
कमिटीको सचिवमा सन्जय राजवंशी चयन भएका छन् । कार्यक्रममा नगर उपाध्यक्ष छाया सिग्देल, बिर्तामोड ३ अध्यक्ष तुलसी ढकाल, उपाध्यक्ष चित्र बिक, सचिब सुशिला पान्डे, नगर सदस्य गोबिन्द राजवंशी, बिष्णु बिक,अर्जुन उप्रेतीलगायतको उपस्थिति थियो ।


















