चन्द्रगढी । 

कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले अब प्रदेसमा राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानु पर्ने बताएका छन् ।  झापाको भद्रपुर ९ स्थित हडिया कृषक कुलो जल उपभोक्ता सस्थाको शनिबार(आज) सम्पन्न १२ औं साधरण सभामा उनले उक्त कुरा बताएका हुन् ।  

कृषि प्रधान मुलुक भएपनि राजनीतिक अस्थिरताका कारण कृषिको ब्यावसायिकरण का लागि ठोस नीति र कार्यक्रम ल्याउन नसकिएको धारणा राख्दै प्रदेशमा अहिलेकै अवस्थामा कांग्रेस, एमाले र माओवादीको सम्युक्त सरकार बन्न नसके मध्यावधी निर्वाचनले मात्र राजनीतिक समाधान दिने बताए । 

कार्यक्रममा अग्रज समाजसेवी बष्णुप्रसाद शिवाकोटी र चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष चुडामणि मैनालीले शुभकामना मन्तब्य राखेका थिए । 

हडिया कृषक कुलो जल उपभोक्ता सस्थाका अध्यक्ष दिनानाथ उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ध्रुव कार्की र सञ्चालन सचिव मान बहादुर मगरले गरेका थिए ।