मेचीनगर ।
सञ्जीवनी महिला विकास संस्थाले १४ औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ ।
संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउनु हुने निर्मला विष्ट रिजाल र उनका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो । निर्मलाले तीन बर्षअघि दुई छोरा र एक छोरी जन्माएकी दिइन् ।
संस्थाले उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताइन् । चौध बर्षअघि महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले ४० बढी महिलालाई सीप सिकाएर आत्मनिभर्र बनाएको उनले जानकारी दिइन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नारी कल्याणकारी संस्थाकी अध्यक्ष जानुका ओली, तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, विपन्न जनहितकोषको कोषाध्यक्ष लिना भण्डारी, इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल, उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी सचिव निर्मला काफ्लेले स्वागत र उपाध्यक्ष खिला खनालले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा तीज गीतमा महिलाहरुले सामूहिक रुपमा छमछमी नाचेर दर समेत खाएका थिए ।


















