बिर्तामोड ।
झापाको बिर्तामोडस्थित मेगा कम्प्लेक्समा नारी संसारको आज औपचारिक उद्घाटन भएको छ। सञ्चारकर्मी लीला अनमोल तथा व्यवसायी योगिता खपांगीको संयुक्त लगानीमा महिलाहरुको महान चाड तीजलाई लक्षित गरि महिला तथा दिदीबहिनीहरुका लागि फेन्सी साडी, कुर्ता सेट, वानपिस, कुर्ती, टप्स, टिसर्ट, जिन्सका बिभिन्न आइटम, जुम्बा सेट, फिटनेस सेट, स्विम सुट लगायत लेडिज आइटमहरु सुपत मूल्यमा बिक्री वितरण गरिने पसल सञ्चालन गरिएको संचालक लिला अनमोलले जानकारी दिइन् ।
बिर्तामोडमा महिला ग्राहकहरुका लेटेस्ट पहिरन हरुको अभावलाई पुरा गर्ने उदेश्यले पसल सञ्चालनमा ल्याएको सञ्चालक अनमोलले वताइन् ।
उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीले औपचारिकमा गरेका छन् । उद्घाटका अवसरमा तीदिनसम्म ग्राहकहरुलाई विशेष छुटको समेत व्यवस्था गरिएको अर्का संचालक योगिता खपांगीले जानकारी दिइन् ।
पसलमा उत्कृष्ट क्वालिटी फेन्सी आइटमका सामग्री पाइने भएकाले ग्राहकलाई अन्यत्र जानु पर्ने बाध्यता मुक्त हुने विश्वास संचालकको विश्वास छ ।