बिर्तामोड । 

नेकपा (माओवादी केन्द्र) बिर्तामोड ३ नम्बर वडाले ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ अन्तरगत तीन महिने ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ को कार्यतालिका तयार गरेको छ । 

पार्टीका वडा नम्बर ३ का अध्यक्ष तुलसी ढकालको अध्यक्षता र बिर्तामोड ३ वडा कमाण्ड प्रमुख कल्पना कार्की (भुमिका) को प्रमुख आतिथ्यमा बसेको बैठकले ३ महिने विशेष रुपान्तरण अभियानको पहिलो चरणको कार्यक्रमको कार्य तालिका सार्वजनिक गरेको हो । 

पार्टीले भदौ २३ गते शनिबार बिहान ७ बजे प्रगतिनगर टोल, २६ गते मंगलबार बेलुका ४ बजे शुभलक्ष्मी टोल, २९ गते शुक्रबार बिहान ७ बजे स्वागत टोल, 

असोज ३ गते बुधबार बिहान ७ बजे नयाँ समाबेसी टोल, ५ गते बेलुका ४ बजे बिराटपोखर टोल, ६ गते शनिवार बेलुका ४ बजे सुर्यनगर टोल, भगवान टोलमा अभियान सञ्चालन गर्ने पार्टीका बिर्तामोड ३ का इन्चार्ज जगन्नाथ भट्टराईले जानकारी दिए ।