हल्दिबारी ।
नेकपा (माओवादी केन्द्र) ले ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ भन्ने नाराका साथ शुरु गरेको तीन महिने अभियान अन्तरगत झापाको हल्दिबारीमा अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रम गरेको छ ।
माओवादी केन्द्रिय निर्देशन अनुसार ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ तीन महिने अभियान अन्तरगत हल्दिबारी गाउँपालिका वडा नम्बर ३ स्थित पाथिभरा सामुदायिकको हलमा बिहीवार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यबाहक अध्यक्ष टिका राउतको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य साबित्रीकुमार काफ्ले समरको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा केन्द्रिय अनुशासन आयोगका सदस्य पूर्णसिंह राजवंशी, पार्टीका केन्द्रिय सदस्य ममता ताजपुरियाले आ–आफ्नो भनाई राखेका थिए । उनीहरुले समाजबाटी क्रान्तिको आधार तयार गर्नलाई तीन महिने जनतासँग माओवादी रुपान्तरण अभियान अन्तरगत जनताको घरदैलोमा जाने कार्यक्रम तयार गरेको बताए । उनीहरुले २०८४ मा गत २०६४ कै अवस्थामा पार्टीलाई फर्काउन लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका हल्दिबारी–२ अध्यक्ष तथा जिल्ला सदस्य खकेन राजवशीले जानकारी दिए ।