झापा ।
कर्तव्य ज्यान मुद्दाका फरार एकजना प्रतिबादी पक्राउ झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा साबिक मेचीनगर नगरपालिका वडा नं.१ हालमेचीनगर १० का ५६ बर्षिय नरेन्द्र भन्ने देबेन्द्र खरेल रहेका छन् ।
प्रतिवादी खरेललाई सर्बोच्च अदालत फैसला कार्यन्वयन निर्देशनालयद्वारा गठित पुर्णकालिन दस्ता झापाद्वारा मंगलबार पक्राउ गरी प्रतिबेदन साथ झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।
कृष्णकुमार राईको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी खरेल समेत भएको कर्तव्य ज्यान मुद्दामा पाँचथर जिल्ला अदालतबाट भएको मिति २०६९/०६/१८ गतेको फैसलाले प्रतिबादीलाई २० बर्ष कैद सजाय हुने ठहरी फैसला भई उच्च अदालत विराटनगर इलाम इजलासबाट मिति २०७८/०१/१३ गते सुरु फैसला सदर गर्ने फैसला भई पाँचथर जिल्ला अदालतबाट झापा जिल्ला अदालतमा लगत प्राप्त भई झापा जिल्ला अदालतको लगत नं.२७१४ मा लगत कायम भएका प्रतिवादी खरेल पक्राउ परेका छन् ।
झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएका प्रतिवादी खरेललाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।