चन्द्रगढी । 

झापाको भद्रपुर वडा नम्बर १० देउनीयास्थित सेन्ट कुजुर एकाडेमी माध्यामिक बिद्यालयमामा भाद्र २९ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 

बाल दिवसको अवसरमा ओम साई पाथिभरा हस्पिटल भद्रपुरको प्राबिधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको सेन्ट कुजुर एकाडेमी माबिका शिक्षक तथा कार्यक्रम संयोजक राजु बरालले जानकारी दिए । 

बिद्यालयस्तरिय बाल क्लव र युवा रेडक्रस सर्कलको संयुक्त आयोजनामा सम्पन्न हुने उक्त स्वास्थ्य शिविरमा बिद्यार्थी, अभिभावक, शिक्षकका साथै भद्रपुर वडा नम्बर १० का बिपन्न सन्थाल समुदाय र मजदुर वर्गको स्वास्थ्य परिक्षण गराउने उद्देश्य रहेको कार्यक्रम संयोजक बरालले बताए । 

उक्त स्वास्थ्य शिविरमा ओमसाई पाथिभरा हस्पिटलका विशेषज्ञ  स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य परिक्षण गराइ निःशुल्क औषधि समेत बितरण गरिने बताइएको छ ।