हल्दिबारी ।
श्री श्री १००८ बाबा गणिनाथ समावेशी सेवा समिति हल्दिबारीले आगामी भदौ २२ गते शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर शाखाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जलथल उप–शाखाको सह–आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो।
हल्दिबारीको काजली बजारमा २०७८ बैशाख १३ गते शिलान्यास भएर निर्माण शुरू भएको बाबा गणिनाथ मन्दिर तयारी भएको हो। नव निर्मित बाबा गणिनाथको मन्दिरको उद्घाटन कार्यक्रमको अवसर पारेर सेवा समितिले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको समितिका अध्यक्ष नितेश शाहले जानकारी दिए ।
हलुवाई समुदायको कुल देउताको रुपमा मान्दै आएका बाबा गणिनाथको मन्दिर भदौ २१ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने २२ गते रक्तदान कार्यक्रम र २३ गते प्रसाद ग्रहणको कार्यक्रम रहेको मन्दिर सेवा समितिले जानकारी दिएको छ ।