बिर्तामोड ।
ॐकार परिवारले झापाले भड्किएको सामाजिक सद्भावप्रति चिन्ता ब्यक्त गर्दै शान्ति सद्भाव र्याली गर्दै बिरोध प्रदर्शन गरेको छ । उनीहरुले बिभिन्न बिरोधका प्ले कार्डसहित र्याली गरेका थिए ।
ॐकार परिवारले झापाको बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्याली गर्दै बिरोध प्रर्दशन गरेको हो । र्यालीले बिर्तामोड बजार परिक्रममापछि अधुवा खोला छेउमा कोणसभा गरेको थियो ।
केही दिनअघि सुनसरीको धरानमा गोवंश हत्या गरि सार्वजनिक रुपमा सामाजिक सन्जालमा राखेर विश्व ॐकार परिवारको आस्था माथि प्रहार गरेको निष्कर्ष निकाल्दै ॐकार परिवार झापाले बिरोध र्याली गर्न लागेको जनाइएको छ ।
गौ माता (गाई) विश्वकी माता र विश्व ॐकार परिवारकी आराध्य देवी भएकी र नेपालको वर्तमान संविधानको धारा ९ को उपधारा ३ ले गाईलाई राष्ट्रीय जनावरको रूपमा संरक्षण गरेको शंकाराचार्य पिठ साधुटारको अध्यक्ष तथा ॐकार परिवार झापाका प्रवत्ता लक्ष्मीप्रसाद खतिवडाले बताए ।
देशैभर गाई काटेर खान पाउनु पर्छ भनेर केही हिंस्रकले धरान उप–महानगरपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारी सुनसरीलाई ज्ञापनपत्र समेत बुझाएर अनादि कालदेखि धार्मिक सहिष्णुतासँग मिलेर बसेको समाजका बीच धार्मिक तथा सामाजिक सद्भाव भड्काउने कार्यले विश्व ॐकार परिवार मर्माहत भएकाले बिरोध प्रदेर्शन गरेको बताइएको छ ।