हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ कार्यक्षेत्र रहेको ध्रुर्वतारा बहुउद्देश्य विधुत उपभोक्ता समितिको पाचौं साधारणसभा तथा अधिबेशनको पहिलो सत्र सम्पन्न भएको छ ।
समितिको आगामी ४ वर्षको कार्यकालको ७ बटा क्षेत्रबाट १३ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन। नव निर्वाचित सर्वसम्मत सदस्यहरूमा नवीन मैनाली, सागर नेपाल , ओमराज राई, जय नारायण न्यौपाने, रामचन्द्र उप्रेती, भानुभक्त प्रसाई, धनमाया गुरूङ, बिरदल राई, कोपिला चिरूवाल, धनपति सिटौला, भरत फागो, बिजय फागो र राजकुमार इवा रहेका छन् ।
संस्थाको बिधान अनुसार थप २ जना खुल्ला निर्वाचित गर्ने व्यवस्था अनुसार उपभोक्ता सदस्यहरू मध्येबाट २ जनाको छनोट गर्ने ब्यबस्था छ। उक्त दुई जनाको आकाक्षी धेरै भएको कारण सहमति जुट्न नसकेपछि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको हो ।
२ जना सदस्य खुल्ला निर्वाचित हुने व्यवस्था अनुसारका आकाक्षिहरूमा हरि गौतम, धनपति अधिकारी, मुक्तिनाथ दंगाल, ज्ञान बहादुर माबो र जीवन दाहाल सहित ५ जनाको दाबि यथावत रहेकोले सहमति जुट्न नसकेको हो ।
निर्वाचन कार्यतालिका अनुसार आईतबार (आज) मतदाता नामावली प्रकाशित गरिएको निर्वाचन समितिका संयोजक पुस्तकराज नेपालले जानकारी दिए।कार्यतालिका अनुसार निर्वाचन आगामी २३ गते शनिबार हुनेछ ।