मेचीनगर ।
राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको निर्वाचन सोमवार (आज) बिहान ८ बजेदेखि हुने भएको छ । शनिबारदेखि सुरु भएको युवा संघ मेचीनगरको नेतृत्व चयन आज पनि सफल नभएपछि भोलि बिहान निर्वाचनबाट टुङग्याउन लागिएको निर्वाचन परिचालन समितिका संयोजक राजु कार्कीले जानकारी दिए ।
बिगत केहीँ समयदेखि बिबाद रहँदै आएको युवासंघ मेचीनगरमा प्रथम अधिवेशनको नयाँ नेतृत्वले एक ढिक्का बनाएर लैजाने अपेक्षा एमाले पार्टी र युवा नेतृत्वले लिएको जनाउँछन् । भेलि हुने राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको अध्यक्ष पदका लागि सुनिल राजवंशी र सुरेन कन्दङ्वा प्रतिष्पर्धा गर्दैछन् ।
सुनिल राजवंशी मेचीनगरको पुर्व जनप्रतिनिधि हुन् । सानै उमेरमा जनताको मन र मत जित्दै जनप्रतिनिधि बनेका राजवंशी युवा पुस्ताका आशलाग्दा युवा हुन । त्यस्तै सुरेश कन्दङ्वा पनि गाडागल्ली इनोभेटिक सोसाइटीको अध्यक्ष, गडागल्ली स्पोर्ट क्लबको अध्यक्षलगायतमा कुशलतापूर्वक नेतृत्व गर्दै आइरहेका लोकप्रिय युवा हुन् ।