अर्जुनधारा । 

सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । २०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका–३ को जनता माविमा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखा र ईलाका प्रहरी कार्यालय अनरामनी बिर्तामोडको सहकार्यमा संचालन भएको कार्यक्रममा किसोर अवस्थाका बिद्यार्थीहरुलाई लक्ष्यित गरेर अभिमुखिकरण गरिएको थियो । जनता माविको सभाहलमा भएको कार्यक्रममा करिब २ सय ५० जना बिद्यार्थीले सहभागिता जनाएका थिए ।

सचेतना कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्की, सहयात्रा ग्रुप नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम कट्टेल, लागुपदार्थ दुर्व्यशनीविरुद्धको अभियन्ता कृष्ण गौतम र लागुपदार्थ दुर्व्यशनीविरुद्धको अभियन्ता तथा पूर्व लागुऔषध प्रयोगकर्ता उत्सव ढकालले सहजिकरण गरेका थिए ।

कार्यक्रममा लागुपदार्थ भनेको के हो ? त्यसको प्रयोग, प्रयोगपछिको असर, लागुपदार्थको प्रयोग र कारोबारविरुद्धमा लागुहुने कानुन लगायतका बिषयमा बिद्यार्थीहरुलाई प्रहरी नायव उपरिक्षक सुरज कार्कीले अभिमुखिकरण गरेका थिए । त्यस्तै अभियान्ता ढकालले लागुपदार्थको प्रयोगबाट आफुले भोग्नुपरेको समस्या, जिवनमा त्यसको प्रभावलगायतका बिषयलाई समेटेर अनुभव सुनाएका थिए । 

सहयात्रा ग्रुप नेपालका अध्यक्ष तथा संचारकर्मी तिलक योञ्जनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका अध्यक्ष सिताराम भट्टराई र बिद्यालयका प्रध्यानाध्यापक जयप्रकाश भण्डारीले आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा अध्यक्ष योञ्जनले पछिलो समय समाजको मुख्य समस्याको रुपमा बढ्दै गएको लागुऔषध प्रयोगलाई न्युनिकरण गर्न सचेतना कार्यक्रम महत्वपुर्ण हुने धारणा राखे। उनले लागुपदार्थ प्रयोगकर्ता बनेको एक व्यक्तिलाई प्रयोगमुक्त बनाउन धेरै समय, स्रोत साधान र लगानी गर्नुपर्ने अवस्था रहेको बताए। लागुपदार्थ प्रयोगकर्ता कतिपय व्यक्ति पुनस् सामान्य अवस्थामा आउनै नसकेका घटनाहरु सिर्जना भइरहेको अवस्थामा किशोर किशोरीहरुलाई लागुपदार्थ दुर्व्यशनीमा प्रवेश गर्न नदिन सचेतना कार्यक्रम आयोजना भएको उनले बताए । एक बिद्यार्थी सजग भएमा घरपरिवार र समाजलाई नै सजग पार्न सक्ने भएकाले बिद्यार्थीहरुलाई लक्ष्यीत गरेर कार्यक्रम गरिएको उनको भनाई थियो ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति तथा सहयात्रा ग्रुपका सदस्य मुकुन्द भण्डारीले कार्यक्रम आयोजनाको औचीत्यमाथि प्रकाश पारेका थिए । संस्थाका सचिव मदन भट्टराई (जितु) ले संचालन गरेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य राजु खड्काले स्वागत गरेका थिए । 

अभिमुखिकरण कार्यक्रममा सहयात्रा ग्रुपका पदाधिकारी तथा सदस्यहरु, नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाका पदाधिकारी तथा सदस्यहरु, बिद्यालयका शिक्षक तथा अभिभावकहरुले समेत सहभागिता जनाएका थिए ।

अभिमुखिकरण कार्यक्रमअघि नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी उपशाखाको तर्फबाट सोही बिद्यालयका ६१ जना बिद्यार्थीहरुलाई कपि, पेन लगायतका शैक्षिक सामाग्री र कक्षा कोठामा आवश्यक पर्ने सरसफाई सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट २ जना शिक्षक र एकजना बिद्यालयका कर्मचारीलाई पुरस्कार बितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भण्डारीले उक्त सामाग्री तथा पुरस्कार बितरण ग।ेका थिए। कार्यक्रममा विद्यालयको बाल क्लबलाई सहयात्रा ग्रुपको तर्फबाट बाल क्लबको ब्याज निमार्ण गरि प्रदान गरिएको थियो । सहयात्रा ग्रुपका अध्यक्ष योञ्जनले उक्त ब्याज हस्तान्न्तरण गरेका थिए ।