झापा । 

नेपाल दशनामी समाज मोरङ जिल्ला समितिले २६ औं स्थापना दिवस मनाएको छ । मोरङको विराटनगर–४ स्थित नोवेल होटलको सभा हलमा संस्था स्थापनाको २६ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको हो  ।

मोरङका अध्यक्ष मोहनचन्द्र गिरीले पेस गरेको कार्यप्रगति तथा कार्य योजनामा सुझावसहितको शुभकामना प्रदान गर्दै समाजका ज्येष्ठ सदस्य शताब्दी पुरुष १०६ वर्षीय कृतिराज गिरीलाई सम्मान गरिएको थियो । सम्मानसहित उनीबाट आशिर्वादसमेत ग्रहण गरिएको थियो ।

समाजका मोरङ अध्यक्ष मोहनचन्द्रको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरीको प्रमुख आतिथ्य तथा कार्यबाहक महासचिव अशोक गिरी विशिष्ट आतिथ्य रहेको थियो । 

कार्यक्रममा केन्द्रीय सदस्य नवीन गिरी, पुर्ण गिरी, समाजका  कोशी प्रदेश उपाध्यक्ष खगेन्द्र गिरी, विराटनगर महानगरपालिका वडा नं १० का वडाध्यक्ष अर्जुन गिरीलगायतका आतिथ्य रहेको थियो । 

संस्था स्थापनाको २६ औँ जयन्तीको  प्रमुख अतिथि पुरीले केक काटेर  उद्घाटनगरेका थिए । कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै  प्रमुख अतिथि तथा केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरीले समाजका सबै समितिले सामाजिक, साँस्कृतिक गतिविधिलाई तजारुकाताका साथ अगाडि बढाएको उल्लेख गरे । उनले कार्यालयको घर जग्गा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाई थियो ।

उनले जिल्ला र प्रदेशका हरेक कार्यक्रममा आफ्नो पूर्ण साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।  कार्यक्रमका विशिष्ट अतिथि कार्यबाहक महासचिव अशोक गिरीले संस्थाको वृहतर हित र विकासका लागि  विगतको योगदान, वर्तमानको सक्रियता र भविष्यको सम्भावना बोकेका बन्धुहरुको सामुहिक कार्य सन्तुलन मिलाउनु अपरिहार्य रहनेमा जोड दिए ।

कार्यक्रमका अन्य अतिथिहरुले संस्थालाई अगाडि बढाउन पदाधिकारी र सदस्यहरुमा  समय, स्रोत र सञ्जाल हुन ुपर्ने सुझाव दिएका थिए ।