हल्दिबारी । 

नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी पुर्ण रुपान्तरण’ अभियान अन्तरगत झापाको हल्दिबारीमा पनि अभियान शुरु गरेको छ । 

अभियानले आइतवार (आज) केन्द्रीय सदस्य ममता ताजपुरियाको नेतृत्वमा सहिद मेमकुमार मगरका पिता बलबहादुर मगरको घरबाट सहिद पिताको आशिर्वाद लिएर अभियान शुरु गरेको हो । 

अभियानका क्रममा आजै विभिन्न सहिद परिवारको घर, अगुवा तथा पुराना नेतृत्वहरुको घर–घर गएर अभियान वारे जानकारीसमेत गराइएकोे थियो । त्यस्तै पार्टीले अभियानका क्रममा छलफल र अन्तक्रिया  कार्यक्रम पनि शुरु गरेको माओवादी केन्द्रका हल्दिबारी–२ अध्यक्ष तथा जिल्ला सदस्य खकेन राजवशीले जानकारी दिए ।