भद्रपुर।

 नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले सुरुमा आफूले आफैलाई बदल्नु पर्ने समय आएको बताएका छन् ।‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत भद्रपुरमा आइतबार आयोजित विस्तारित बैठक अभियान अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता काफ्लेले आफूलाई नबदली दुनियाँ बदल्न नसकिने बताएका हुन् । 

नेकपा मओवादी केन्द्र भद्रपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले जनताका हरेक दुःखसुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरे । ‘हिजोका तीतामिठा कुरा बर्सिएर अघि बढ्नुको विकल्प छैन,’ नेता काफ्लेले भने, ‘अब जनतासँगै जाने, जनताकै कुरा सुनेर आफ्नो धारणा बनाउने समय आइसकेको छ ।’

नेता काफ्लेले हरेक दिन जनतासँग जोडिएर जनताकै समस्या समाधान गर्न लागिपर्ने बताए । उनले तीन महिने अभियान तीन चरण सञ्चालन गरिने जानकारी दिए । भदौ १६ गते देशभर एकसाथ अभियानको उद्घाटन, दोस्रोमा रचनात्मक कार्यक्रमहरु सञ्चालन र तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलनबाट जनताका समस्या समाधान गर्ने योजना रहेको उनले सुनाए ।

कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य डिल्ली घिमिरे ९हिक्मत०ले अभियानको केन्द्रीय, प्रदेश र जिल्ला सर्कुलर वाचन गरेर सुनाए । उनले पार्टीका हरेक राम्रा कामहरुलाई जनतामाझ पुर्याउनु पर्ने बताए ।

नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी नेताहरु निरु खतिवडा, सञ्चार नेम्वाङ, माधवलाल अर्याल, शिवु बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव हंशधर राजवंशीले गरेका थिए ।