बुद्धशान्ति ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा सभाषद् गम्बु शेर्पा (गर्जियाङ) ले पार्टीमा बैचारिक दृष्टिकोणसहित नेता–कार्यकर्ताको आचारण सुधार भए २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बन्ने बताएका छ्न् ।
नेता–कार्यकर्ताले जनतालाई बिश्वास दिलाउने इमानदार र राम्रो कार्यसम्पादन गरे आउने चुनावमा माओवादी केन्द्रले दुईतिहाई मत ल्याएर देशलाई निकास दिने उनले बताएका हुन् ।
केन्द्रीय कमिटीको निर्देशन अनुसार ‘घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगरत मेचीनगर र बुद्धशान्ति गाउँ पालिकाको संयुक्त बिस्तारित बैठकलाई प्रमुख अतिथिको दीर्घबाट सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । चुनौती सामना गर्नका लागि सिक्ने र सिकाउने बिधिमा जानुपर्नेछ पार्टीको मुल एजेन्डालाई पुर्णता दिनु नै अभियानको मुख्य उद्देश्य भएको उनको भनाई थियो । । दलाल पुँजीवादको अन्त्य नभएसम्म सबै वर्गको आफ्नो अधिकार सुनिश्चित नहुँने बताउँदै उनले पार्टीको स्पष्ट गन्तव्य समाजवाद भएकाले उल्लेख गरे । पार्टीको एजेन्डाको बिषयमा जनतालाई बुझाउने नेता कार्यकर्ताको मनोस्थिती नै बिग्रीएर स्खलन भएका कारण पार्टी कमजोर भएको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य अग्निले मेचीनगर र बुद्धशान्ति गाउँमा कार्यकर्ता र पार्टीले चुनावीताका समयमा उचित निर्णय गर्न नसक्दा उम्मेद्बारले हार बेहोर्नुपरेको भन्ने सहभागीले उठाएका बिषयमाथि सहजीकरण गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य श्यामवीर लिम्बु, राजु चुडाल, प्रकाश भण्डारीलगायतले तिनमहिने अभियानले नेता तथा कार्यकर्ताको आचारण सुधार भई माओवादी केन्द्र रुपान्तरण गर्न सकिने बिश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा कृष्ण सिटौला, गोपि रिजाल, बद्री फुँयाल, तारा तामाङ, बिगेन्द्र दाहाल, डिल्लीराम श्रेष्ठलगायतले राजनीति, बैचारिक तथा पार्टी सुधार गर्नेपर्ने कारणसहित जिज्ञासा राखेका थिए । माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्दिरा कार्कीले कार्यपत्र वाचन तथा राजन चिमरियाले कार्यक्रम सञ्चालन गरेका थिए ।