झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेचीपुल अगाडीबाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका वडा नम्बर ९का ३० बर्षिय रमेश शिवालाई खैरो हेरोईनसहित प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको शिवालाई शंका लागेर चेक जाँच गर्दा उनको साथबाट खैरो हेरोईन २ ग्राम ५०० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिईएको हो । 

नियन्त्रणमा लिइएका शिवालाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।