झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं.६ तुर्केनीबाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले आइतवार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका झापा मेचीनगर नगरपालिका वडा नं.६ बद्री टोलका ३२ बर्षिय बसन्त राईलाई पक्राउ परेका हुन् । 

राईलाई शंका लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागू औषध खैरो हिरोईन १ ग्राम ८०० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।