हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा मानबहादुर बन (महेन्द्र) आउने भएको छन् । महेन्द्र सोमवार (आज) पालिकामा आउने हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनलले जानकारी दिए । 

बिगत ५ महिनादेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेश अन्तरगत यातायात पूर्वाधार निर्देशानलय कार्यालयमा कार्यरत महेन्द्र आजदेखि पालिकामा हाजिर हुने बताइएको छ ।

 हल्दिबारीमा प्रमुख प्रशासकीयका रुपमा आएका महेन्द्र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका थिए । 

हल्दिबारीका प्रमुख प्रकासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंको आइतबार हिजो बिदाई गरिएको थियो ।  २०७९ फागुन ४ गतेदेखी  गाउँपालिका प्रमुखको रूपमा कार्यरत चापागाईं सरूवा मिलाएर गएका हुन् । आइतबार हल्दिवारी गाउँपालिकाका  कर्मचारीले उनलाई बिदाई गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले जानकारी दिए ।