बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ को इन्द्रेणी महिला समाजको तेस्रो साधरणसभा बिर्तामोड सम्पन्न भएको छ । बिर्तामोडमा शनिवार भएको तेस्रो साधारण सभाले पुनःइन्दु कट्टेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गिता भट्टराई पोख्रेल, सचिबमा खिलकुमारी दाहाल मिश्र ( मनिता) र कोषाध्यक्षमा संगिता खरेल ( चौधरी) चयन भएका छन् ।
त्यसैगरी सदस्यमा निर्मला कट्टेल, कुसुम अधिकारी , सोभा राजबंशी, दिपा पौडेल, पुनम तामाङ , सृजना गौतम दुलाल चयन भएका छन् भने एक सयदस्य समाजले पछि थप गर्ने जनाएको छ ।