कनकाई ।
नेपाली कांग्रेस कनकाई नगरपालिका १ ले पार्टीको वडा सम्मेलनमा तीन जना पूर्व सभापतिहरुलाई सम्मान गरेको छ । कनकाई–१ स्थित कालिका सामुदायिक भवनमा आयोजित विशेष सम्मेलन कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा पार्टीका पुराना नेता १२औ अधिवेशनका निर्वाचित साविक सुरुङ्गा–१ का ध्रुवप्रसाद भट्टराई, साविक सुरुङ्गा–२ का लक्ष्मीप्रसाद काफ्ले र १३ औ अधिवेशनका कार्य वाहकका नरध्वज खवास सम्मान भएका जनाइएको छ । पुराना तथा अग्रजहरुले पुर्याएको योगदानप्रति सम्मान र आदर गर्नु नै नेपाली कांग्रेसको संस्कार रहेको जनाइएको छ ।
१४औ महाधिवेशन पश्चातका नेपाली कांग्रेस केन्द्रिय समितिले शुरु गरेको पार्टी शसक्तिकरण अभियानका जिल्ला, क्षेत्र तथा नगर कार्यसमितिको परिपत्रका आधरमा वडा सम्मेलनको आयोजना गरिएको हो । सम्पन्न सम्मेलनमा वडाको पार्टी कार्यकर्ता तथा क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । गत १४औं अधिवेशन पश्चात वडा समितिले गरिएको पार्टीको अत्यन्तै महत्वपूणर् तथा पहिलो ठुलो कार्यक्रमका रुपमा सम्पन्न गरिएको थियो ।
वडा नं.१ सभापति तथा कायक्रमका सभाध्यक्ष मनोज बस्नेतले राजनितिक तथा सांगठनिक र सचिवले आर्थिक प्रतिवेद प्रस्तुत गरेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका प्रुमख अतिथि थेवेले अबको संगठन सुधार गरेर लिएर जानका लागि कसैले दोषारोपण नगर्न आग्रह गर्दै अरुलाई औल्याउनु भनेको आपmै फितलो बन्ने बताए । उनले चुनाव भएका गतिविधिलाई सबै भुलेर एकजुट भई हातेमालो गर्दै अगाडी बढ्नका लागि सबैमा आग्रह गरे ।
उनले वडा तथा नगर समितिलाई एउटा रुटिङ बनाएर सम्पूर्ण टोलमा तथा भातृ संगठन समक्ष पुग्न आग्रह गरे । अबको कांग्रेस बलियो पारेर अगाडी लिएर जानको लागि प्रशिक्षणको पनि आवश्यकता भएकोले तत्काल जिल्लाले झापाका सबै पालिकामा रहेका सबै वडाहरुमा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने समेत उनले बताए ।
जिल्ला सदस्य तथा वडा नं. १ का प्रतिनिधि शिव कडेल, झापा क्षेत्र नं.–४ प्रदेश ख का सभापति ख्यामराज सिटौला, कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाई, महिला संघ नगर सभापति रेनुका मैनाली लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा जिल्ला सदस्य लीलाप्रसाद चिमरिया, क्षेत्रिय सचिव रुपनारायण खतिवडा, नगर उपसभापति संन्तोष रायमाझी, सचिव रेणुप्रसाद कडेल, नेविसंघ केन्द्रिय सदस्य भुवन खतिवडा, वडा नं.२ का वडा सभापति बुद्धिमान बोहोरा लगायतको आतिथ्य रहेको थियो ।
सहभागिहरु टेकनाथ लुईटेल, राजेश श्रेष्ठ, ईश्वर सुवेदी, डिल्ली रिजाल, मादव बराल, कैलाश नेपाली लगायतको जिज्ञासा मेटाउँदै प्रतिजवाफका रुपमा जिल्ला प्रतिनिधि शिव कडेलले आगामी संगठन कुसीमा बसेर होईन सम्पूर्ण जनताहरु साँमु भुईमा बसेर उनीहरुको भावना र मर्मलाई बुझेर काम गर्नु पर्नेमा जोड दिए ।
जनताका लागि कांग्रेस भन्ने नारालाई सार्थकता पार्न जे आवश्यकता रहन्छ त्यो गर्न तयार रहनु पर्नेमा जोड दिदै जिल्ला सदस्य तथा प्रतिनिधी कठेलले कार्यक्रमलाई प्रस्ट पारेका थिए । जिल्ला सदस्य कुमारकणि पोखरेलले स्वागतसहित औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव तिलचन्द रिजालले गरेका थिए ।